Erani Mahal
पाल्पामा कुल कोरोना संक्रमितमध्ये महिला कति ?
coronavirus_
पाल्पा – पाल्पामा कोरोना भाइरस संक्रमितको कुल संख्यामध्ये २५ प्रतिशत महिला रहेका छन् । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार मंगलबारसम्म जिल्लामा १ हजार ५ सय ७८ जनामा संक्रमण पुष्टि भएकोमा ३ सय ९५ जना महिला छन् । संक्रमितमध्ये १ हजार १ सय ८३ जना पुरुष रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । समुदायमा कोरोना संक्रमण बढ्दै गएसंगै पछिल्ला दिनहरुमा संक्रमित हुने महिलाहरुको संख्या पनि बढ्दो छ । मंगलबारमात्रै पाल्पामा १७ जनामा संक्रमण पुष्टि भएकोमा ७ जना महिला छन् । जिल्लामा हाल २ सय ३७ जना कोरोनाका सक्रिय संक्रमित छन् । यो पनि पढ्नुहोस् : पाल्पाको लुम्बिनी मेडिकल कलेजमा दुईजना संक्रमितको मृत्यु
प्रकाशित मिति: बुधबार, मंसिर १७, २०७७  ११:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update