Erani Mahal
मंगलबार पाल्पामा १७ जना कोरोना संक्रमित थपिए
Corona_virus
पाल्पा - मंगलबार पाल्पामा १७ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितमध्ये ८ जना तानसेनका रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । त्यस्तै, रामपुर नगरपालिकाका र निस्दी गाउँपालिकाका २/२ जनामा संक्रमण पुष्टि भएको भने रम्भा, तिनाउ, बगनासकाली, रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाका १/१ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा १० पुरुष र ७ महिला छन् । लुम्बिनी प्रादेशिक अस्पताल, नेशनल प्याथ ल्याब बुटवल, लुम्बिनी मेडिकल कलेजको कोरोना परीक्षण प्रयोगशाला र पाल्पा अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुलाई संक्रमण पुष्टि भएको हो । मंगलबार थपिएकासंगै पाल्पामा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ७८ पुगेको छ । संक्रमितमध्ये २२ जनाको निधन भएको छ भने १ हजार ३१९ जना निको भएका छन् । हाल पाल्पामा २ सय ३७ जना कोरोनाका सक्रिय संक्रमित छन् ।
प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०७७  १९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update