Erani Mahal
रामपुरमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एक युवक घाईते
bike_accident
पाल्पा (रामपुर)- रामपुर नगरपालिका ४ मा ट्याक्टर र मोटरसाईकल ठोक्किँदा एक युवक घाईते हुनुभएको छ । मंगलबार दिउँसो साढे २ बजे भएको दुर्घटनामा मोटर साईकलमा सवार रामपुर १ का १९ वर्षिय सुनिल जर्घा मगर घाईते हुनुभएको हो । रामपुर इस्लामपुरबाट बेझाँड बजारतर्फ आउँदै गरेको लु ४ त ५५५४ नम्बरको ट्याक्टर र बेझाँडबाट छम्केतर्फ गैरहेको लु ७ प ३४७७ नम्बरको मोटरसाईकल बाङ्गेपसलको घुम्तीमा ठोक्किएको थियो । घाईते जर्घालाई रामपुर अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि लुम्बिनी मेडिकल कजेल प्रभास रेफर गरिएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भिम बहादुर कार्कीले जानकारी दिनुभयो । जर्घाको स्वास्थ्य अवस्था गम्भीर रहेको प्रहरी जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । ट्याक्टर प्रहरीको नियन्त्रणमा छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०७७  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update