Erani Mahal
रुपन्देहीमा थप २ कोरोना संक्रमितको मृत्यु
butwal_corona_hospital
बुटवल - रुपन्देहीमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना कपिलवस्तु र एकजना दाङका हुनुहुन्छ । कपिलवस्तु शिवराज नगरपालिका –५ की ५० वर्षीया महिलाको लुम्बिनी प्रादेशिक अस्पतालद्धारा संचालित कोरोना विशेष अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । ज्वरो तथा श्वासप्रश्वासमा समस्या भई महिला मंसिर १५ गते (सोमबार)अस्पताल भर्ना हुनुभएको थियो । उहाँको उपचारको क्रममा सोमबार राति मृत्यु भएको अस्पतालले प्रेस विज्ञप्तीमार्फत जनाएको छ । यस्तै, दाङको तुलसीपुर उपमहानगरपालिका ५ का ५५ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । ज्वरो तथा श्वासप्रश्वासमा समस्या भएपछि पुरुष मंसिर १४ गते आईतबार अस्पताल भर्ना हुनुभएको थियो ।
प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०७७  ११:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update