Erani Mahal
ठिमुरेमा बुद्धको मूर्ति प्रतिस्थापन
DSC08512
पाल्पा - जिल्लाको रिब्दीकोट गाउँपालिका –६, ठिमुरे घोर्लीखरकमा स्थापित रिब्डीकोट बौद्ध विहारमा बुद्धको मूर्ति प्रतिस्थापन गरिएको छ । २०७४ सालमा स्थापित रिब्डीकोट बौद्ध विहारमा सोमबार बिहान कार्तिक शुक्ल पूर्णिमाका दिन भगवान बुद्धको मूर्ति प्रतिस्थापना गरिएको हो । प्रमुख अतिथि भिक्षु महासंघका अध्यक्ष श्री भिक्षु मैत्री महास्थबिरको उपस्थितिमा भएको प्रतिस्थापन कार्यक्रममा नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिका कार्यकारी सदस्य एवं विहार प्रमुख श्री भिक्षु मेधकर स्थबिर (नारायण बहादुर आले मगर) र भिक्षु ज्ञानेन्द्र ज्यूको समेत सहभागीता रहेको थियो । कार्यक्रमका अध्यक्ष एवम् समितिका अध्यक्ष हुम बहादुर थापा (पचभैया)ले विहार निर्माणका लागी अहिलेसम्म झण्डै १२ लाख खर्च भएको जानकारी दिँदै काम सम्पन्न गर्नका लागी अझै बाँकी रहेको जानकारी दिनुभयो । विहार निर्माण गर्न आर्थिक, भौतिक सहयोग गर्ने सवैलाई धन्यवाद दिँदै अध्यक्ष थापाले बाँकी काम पुरा गर्न पनि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । भिक्षुबाट बुद्ध मूर्ति स्थापना र धर्मदेशना दिनुभएको कार्यक्रममा रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसी, वडा अध्यक्ष तुल बहादुर जिसी, जग्गा दाता हुम बहादुर थापा लगायतले बोल्नुभएको थियो ।
प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०७७  ११:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update