Erani Mahal
जनताको स्वास्थ्यप्रति सरकार गम्भीर रहेको प्रमाणित : मन्त्री ज्ञवाली
pradeep_Gnawali1
गुल्मी – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालमा अब उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्ने अबस्थाको अन्त्य भएको बताउनुभएको छ । मन्त्री ज्ञवालीले सोमबार गुल्मीको कालीगण्डकी गाउँपालिकामा १५ शैयाको अस्पताल शिलन्यास गर्नुहुँदै उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभएको हो । नागरिकहरुको स्वास्थ्यप्रति सरकार गम्भीर रहेको भन्दै देशका ३९६ वटा अस्पतालहरुको एकै साथ शिलान्यास गर्नुले पनि यसको प्रमाणित गरेको उहाँले बताउनुभयो । उहाँले दुर्गम क्षेत्रका नागरिकले उपचार नपाएर अकालमै ज्यान गयो भन्ने समाचारहरु सुन्न नपर्ने गरी सरकारले काम गरिरहेको बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, मंसिर १५, २०७७  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update