Erani Mahal
पाल्पाको निस्दीमा १५ शैय्याको अस्पताल शिलान्यास
Nisdi_1
पाल्पा - जिल्लाको निस्दी गाउँपालिकामा १५ शैय्याको अस्पताल शिलान्यास गरिएको छ । सोमबार लुम्बिनी प्रदेश सांसद युवराज खनालले अस्पतालको शिलान्यास गर्नुभएको हो । निस्दीको मित्यालमा बन्न लागेको अस्पतालको शिलान्यास गर्नुहुँदै सांसद खनालले कुनै पनि नेपाली नागरिक उपचारको अभावमा मर्नु नपार्ने बताउनुहुँदै नागरिकको स्वास्थ्य सुरक्षाको लागि नेपाल सरकार पूर्ण जिम्मेवारी रहने बताउनुभयो । गाउँपालिका उपाध्यक्ष रिता कुमारी अर्यालको स्वागतबाट शुरु भएको कार्यक्रममा नेकपा नेता देवीलाल लामिछाने र गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारु लगायतले बोल्नुहुँदै अस्पताल निर्माणको लागि जग्गा व्यवस्थापनमा सहयोग पुर्याउनुहुने सबैमा धन्यवाद व्यक्त गर्नुभएको थियो । यो पनि : पाल्पामा तीन स्थानीय तहमा अस्पतालको शिलान्यास गरिँदै
प्रकाशित मिति: सोमबार, मंसिर १५, २०७७  १३:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update