Erani Mahal
जाडो मौसममा गर्दै नगर्नूस् यी पाँच गल्ती
Jado_mausam
देशभर चिसो बढेको छ । यस्तो अवस्थामा स्वास्थ्यको धेरै ख्याल राख्नुपर्ने हुन्छ । जाडो मौसममा गरिने हेलचेक््रयाइँले शरीरमा गम्भीर असर समेत पार्न सक्छ । जाडोको मौसममा साइनस, दम, सास फेर्न गाह्रो हुने जस्ता समस्या आउँछ । जाडोको मौसममा यस्ता समस्या भएका व्यक्तिलाई निकै समस्या बढाउँछ । त्यसैले जाडो मौसममा आफ्नो स्वास्थ्यको हेरचाह गर्नुपर्छ । धेरै खाना जाडो मौसममा अत्यधिक खाना खाने गर्नुहुँदैन । धेरै खाना खाने र व्यायाम नगर्ने गर्दा शरीरको तौल अचानक बढ्ने र त्यसलाई कम गर्न निकै मेहेनत गर्नुपर्ने हुन्छ । कम पानी जाडोको शुरुवातसँगै मानिसहरु पानी पिउन जोडिदिन्छन् । गर्मीको मौसममा पसिना धेरै आउने भएकाले पानी धेरै पिउने र जाडोमा कम पानी पिउने गर्छन् । त्यसैले जाडोमा पानी कमी हुने र डिहाइड्रेशनको समस्या आउने, ओठ फुट्ने जस्ता समस्या आउँछ । त्यसैले ६ देखि ८ गिलास पानी एक दिनमा पिउने गर्नुपर्छ । तातोपानीले नुहाउँने जाडोमा प्रायः तातोपानीले नुहाउने गरिन्छ । तातोपानीले नुहाउँदा चिसो कम महसुस भएपनि यसले निकै नोक्सान कम गर्छ । गर्मी पानीले नुहाउँदा छाला सुख्खा र रुखो हुने र कहिलेकाँही तातोपानीले नुहाउँदा स्किन सेल्स ड्यामेज हुन्छ । धेरै तातो कपडा चिसोबाट बच्नका धेरै तातो कपडा लगाउने गरिन्छ । यसले शरीरलाई नोक्सान पुर्याउँछ । जाडो मौसममा धेरै कपडा लगाउँदा शरीरमा चिसो प्रतिरोधक क्षमता कम हुँदै जान्छ । र जाडो लाग्ने सम्भावना झनै बढी हुन्छ । धेरै क्रिमको प्रयोग छाला सुख्खा हुने भएकाले जाडो मौसममा थुप्रै चिल्लो क्रिमको प्रयोग गर्ने गर्छन् । थरिथरिका क्रिमको प्रयोगले छाला बिग्रिने, छालामा विभिन्न प्रकारका समस्या आउने गर्छ । त्यसैले आफ्नो छालाका लागि उपयुक्त पुर्याउँने क्रिमको प्रयोग गर्नुपर्छ । एजेन्सी
प्रकाशित मिति: सोमबार, मंसिर १५, २०७७  १२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update