Erani Mahal
पाल्पामा थप ११ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५५८
Corona_virus
पाल्पा – आईतबार पाल्पामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै पाल्पामा कोरोना संक्रमितको संख्या १ हजार ५५८ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । आईतबार रैनादेवी छहरा गाउँपालिकाका थप ४ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, बगनासकाली गाउँपालिकाका २ जना, तानसेन र रामपुर नगरपालिकाका १÷१ जनासंगै माथागढी, पूर्वखोला र रम्भा गाउँपालिकाका १/१ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेहरुमा ८ जना पुरुष र ३ जना महिला छन् । पाल्पामा कोरोना संक्रमितमध्ये २२ जनाको निधन भएको छ भने १ हजार ३०४ जना निको भएको स्वास्थ्य कार्यालयले जनाएको छ । हाल पाल्पामा २ सय ३२ जना कोरोनाका सक्रिय संक्रमित छन् ।
प्रकाशित मिति: आइतबार, मंसिर १४, २०७७  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update