Erani Mahal
निस्दीमा चुनढुंगा बोकेको टिप्पर दुर्घटना
Accident_I0cmYnOZtf
पाल्पा – जिल्लाको निस्दीमा चुनढुंगा बोकेको टिप्पर दुर्घटनामा परेको छ । निस्दी गाउँपालिका ७ आधामारास्थित भुटुकेदेखि सर्दीतर्फ जाँदै गरेको ना २ क ५९२ नम्बरको लोड टिप्पर शनिबार राति ९ बजे सडकदेखि ५० मिटर तल खस्दा दुर्घटना भएको हो । ब्रेक फेल भई दुर्घटना भएको र दुर्घटनामा मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।
प्रकाशित मिति: आइतबार, मंसिर १४, २०७७  १०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update