Erani Mahal
पाल्पाका थप २१ जनामा कोरोना संक्रमण पुष्टि
1585316796corona-test-lab-1
पाल्पा- पाल्पामा थप २१ जनाका कोरोनाको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका अनुसार जिल्लाको विभिन्न स्थानका १२ जना महिला र ९ जना पुरुष गरी २१ जनामा कोरोना देखिएको हो । शुक्रवार थप भएका २१ सँगै कोरोना भाइरसको संक्रमितको संख्या १५ सय ३० पुगेको छ । शुक्रवारै एक महिलाको लुम्बिनी मेडिकल कलेजमा उपचारको क्रममा आइसोलेशनमै ज्यान गएको छ । यससँगै पाल्पामा कोरोनाले निधन हुनेको संख्या २२ पुगेको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०७७  १७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update