Erani Mahal
लैङ्गिक हिंसा बिरुद्द अभियान : रामपुरमा कोष सन्चालन समिति गठन
ram1
पाल्पा- लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान पारेर रामपुर नगरपालिकाले लैङ्गिक हिंसा निवारण कोष सन्चालन तथा व्यबस्थापन समिति गठन गरेको छ। नगरपालिकाको सातौ नगर सभाबाट पारित लैंङ्गिक हिंसा निवारण कोष (सन्चालन) नियमावली २०७७ को कार्यान्वयनमा सहज बनाउन महिला हिंसा बिरुद्धको अभियानको समय पारेर समिती गठन गरेको रामपुर नगरपालिकाको महिला,बालबालिका तथा समाज कल्याण शाखाले जनाएको छ । यस कोषले नगरपालिका भित्र लैङ्गिक हिंसाबाट पिडित र प्रभावितलाई उद्दार, उचित तथा आवश्यक सहयोग गर्नेछ । कार्यबिधी बनाई कार्यान्वयनमा ल्याइएको लैङ्गिक हिंसा निवारण कोष संचालन नियमावलीमा रहेर काम गर्न र नगरभित्र हिंसामा परेका त्यस्ता नागरिकको अबस्था पहिचान, उद्दार र सहयोगको खण्डमा यो समितिले काम गर्नेछ । महिला हिंसा बिरुद्धको १६ दिने अभियानको पहिलो दिन गठित ३ बर्षे कार्यकाल रहने यो समितिमा नगरपालिकाका नगर उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य संयोजक, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्य, ईलाका प्रशासन कार्यालय रामपुरका प्रमुख अशोककुमार आचार्य, ईलाका प्रहरी कार्यालयका प्रमुख भिम बहादुर कार्की, स्वास्थ्य शाखा प्रमुख तीर्थप्रसाद ढुङ्गाना, महिलामा कार्यपालिका सदस्य सावित्रा गौतम र सुशीला रेग्मी, गैर सरकारी सस्थाबाट कालीगण्डकी फाउन्डेसन नेपालका सचिव सीता डोटेल, मेलमिलापकर्ता पवित्रा ढकाल पौडेल सदस्यमा रहनु भएको छ भने समितिको सदस्य सचिवमा महिला, बालबालिका तथा समाज कल्याण शाखाकी महिला बालबालिका कार्यक्रम तथा न्यायिक समिति सचिवालयमा कार्यरत पुजा परियार रहनुभएको छ । नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा बसेको समिति गठनमा सेतो रिवन लगाएर अभियानको शुरु गरिएको हो । नगरपालिकाका हरेक कर्मचारीले पनि सेतो रिबन लगाएर अभियानमा एक्यवद्धता जनाएका छन् । सोही अबसरमा नगर प्रमुख थापाले समाजमा हिंसा विभिन्न बहानामा धेरै तरिकाले महिला र पुरुषमाथि समेत हुने गरेकाले हिंसा लुकाउनु र लुक्नु नै मुख्य समस्या रहेको बताउनुभयो । कतिपय हिंसा सहेर बस्ने गलत प्रबृत्ति बिगतमा भएकोमा स्थानिय तहमा नै न्यायिक समिती र जनप्रतिनिधि भएपछि सामान्य देखि जटिल प्रकृतिका हिंसाजन्य घटना नगरपालिकामा आउने गरेको बताउदै यसको न्युनिकरण उचित व्यबस्थापनमा सबै लाग्नुपर्नेमा जोड दिनुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम आचार्यले लैङ्गिक हिंसा विरुद्धको अभियान व्यवहारिक हुनुपर्ने बताउनुभयो । बैठकमा लैङ्गिक हिंसाबिरुद्धको १६ दिने अभियान कार्यक्रम संचालन र न्यायिक समितिमा नियमित आउने घटना तथा पिडित, उद्दार गर्नैपर्ने अबस्था घटनाका सन्दर्भमा समितिमा छलफल भएको थियो । समितिको सचिवालय महिला, बालबालिका शाखामा रहने समितिका सदस्य सचिव पुजा परियारले जानकारी दिनुभयो । बैठकमा महिला तथा बालबालिका शाखाका प्रतिमा मल्ल, पुजा परियार, सिर्जना रेग्मीले सहजिकरण गरेका थिए । यसैबिच लैङ्गिक हिंसा बिरुद्धको अभियानमा एक्यवद्धता जनाउदै नगरपालिका कार्यालय तथा सबै वडा कार्यालयमा कार्यरत कर्मचारीले लैङ्गिक हिंसाविरुद्ध अभियानको सेतो रिबन लगाएको महिला तथा बालबालिका शाखा प्रमुख प्रतिमा मल्लले जनाउनुभएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०७७  ०९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update