Erani Mahal
निस्दीको प्रमुख प्रशासकीय भवनको शिलन्यास
11111
पाल्पा - पाल्पाको निस्दी गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा संघीय सांसद् दलबहादुर रानाले शिलन्यास गर्नुभएको छ । भवनको शिलन्यास गर्नुहुँदै सांसद् रानाले पाल्पाको दुर्गममा रहेको निस्दीमा आन्तरिक पर्यटन प्रवर्द्धनबाट टेवा पुग्ने बताउनुभयो । शिलन्यास कार्यक्रममा नेकपा पाल्पा अध्यक्ष तथा प्रदेश सांसद् नारायण आचार्य र पाल्पा क्षेत्र नम्बर १ क का प्रदेश सांसद युवराज खनालले बोल्नुहँदै निस्दीको विकासका लागि आफूहरुको सदैव साथ र सहयोग रहने बताउनुभयो । गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भगवान भक्त अर्यालले स्वागत गर्नुहुँदै भवन निर्माण प्रक्रियाको बारेमा जानकारी गराउनुभएको थियो ।
प्रकाशित मिति: बुधबार, मंसिर १०, २०७७  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update