Erani Mahal
गुल्मीको रेसुङ्गा नगरपालिकाभित्रका बैंकहरु आजदेखि तीन दिनका लागि बन्द
Bank__
गुल्मी - गुल्मीको रेसुङ्गा नगरपालिकाभित्रका बैंक तथा वित्तिय संस्थाहरु तीन दिनका लागि पूर्णरुपमा बन्द भएका छन् । बैंक तथा वित्तिय संस्थाहरुबाट पीसीआर परीक्षण गर्न स्वाब लिने कार्य भईरहेकाले नगरपालिकाभित्रका बैंक तथा वित्तिय संस्थाहरु बुधवारदेखि शुक्रबारसम्मका लागि पूर्णरुपमा बन्द गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । पीसीआर परीक्षणका लागि स्वाब दिएका/परीक्षण रिपोर्ट पोजेटिभ आएका व्यक्तिहरु सुरक्षित रुपले होम क्वारेन्टाइनमा बस्न पनि प्रशासनले अनुरोध गरेको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर १०, २०७७  १२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update