Erani Mahal
पाल्पामा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाईते
tractor-accident
पाल्पा – पाल्पाको पश्चिम भेगको रैनादेवी छहरा गाउँपालिका–६, चहलासिमलमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार साँझ पराल बोकेर चहलातर्फ आउँदै गरेको लु ३ त ७१५६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरका सह–चालक रैनादेवी छहरा–६, का १९ वर्षीय रमन भट्टराईको मृत्यु भएको हो । भट्टराईको घटनास्थमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । [caption id="attachment_15154" align="alignnone" width="768"] फाइल तस्वीर[/caption] दुर्घटनामा घाइते हुनेमा रैनादेवी छहरा–६, का १६ वर्षीय रक्षा केसी, १५ वर्षकी समीक्षा केसी र १४ वर्षका विकास रायमाझी रहेका छन् । घाईतेहरू तीनै जनाको बुटवलस्थित तिनाउ मेडिकल हलमा उपचार भईरहेको छ । ट्याक्टर सडकदेखि १० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर १०, २०७७  ०८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update