Erani Mahal
पूर्वखोलामा ‘मापसे’ गरेर हिँडेका युवकको लडेर मृत्यु
death-photo
पाल्पा – जिल्लाको पूर्वखोला गाउँपालिकाका एक युवकको बाटोमा हिँड्दै गर्दा लडेर मृत्यु भएको छ । पूर्वखोला –४ बेसरगाहाका २७ वर्षीय देवन सिंह गाहाको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । गत आईतबार राति ९ः ३० बजेको समयमा मादक पदार्थ सेवन गरी घर फर्किने क्रममा लडनुभएका गाहालाई बहिनीले सोमबार बिहान ३ बजे बाटोदेखि ५ मिटर तल लडिरहेको अवस्थामा फेला पार्नुभएको थियो । लडिरहेको अवस्थामा फेला पर्नुभएका उहाँलाई उपचारका लागि तानसेनस्थित युनाईटेड मिशन अस्पताल ल्याईएकोमा ७ बजे डाक्टरले मृत घोषित गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०७७  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update