Erani Mahal
गुल्मीमा कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु, कति पुगे संक्रमित ?
corana-virus
गुल्मी – गुल्मीमा कोरोना संक्रमणका कारण हालसम्म १२ जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले मंगलबार प्रकाशित गरेको विवरणमा कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको उल्लेख छ । त्यस्तै, गुल्मीमा कोरोना संक्रमित हुनेको संख्या ८ सय ३० जना पुगेको छ । संक्रमितमध्ये ७ सय ६५ जना निको भएका छन् । जिल्लामा ५३ जना कोरोना संक्रमित उपचारका क्रममा रहेको प्रशासनको विवरणमा उल्लेख गरिएको छ । विवरणमा अरु के छ ?
प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०७७  १४:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update