Erani Mahal
पाल्पाको रम्भामा जिप दुर्घटना, दुईजना घाईते
Jeep_accident
पाल्पा - पाल्पामा सोमबार साँझ जिप दुर्घटना भएको छ । दुर्घटनामा दुईजना घाईते हुनुभएको छ । रम्भा गाउँपालिका –२ टिम्मुरडाँडास्थित भित्री कच्ची सडकखण्डमा गोरङ्चेबाट झोकेदीतर्फ मलामी छाडी फर्कने क्रममा लु १ ज २१६३ नम्बरको जिप साँझ ५ः ३५ बजेको समयमा दुर्घटना भएको हो । दुर्घटनामा जिप चालक रम्भा –२ का ४५ वर्षीय खुम बहादुर सुनारी र सहचालक सोही स्थानका ३४ वर्षीय दिप बहादुर सिंजाली घाईते हुनुभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाईतेहरुको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भईरहेको पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार घाईतेहरुको अवस्था मध्यम रहेको छ । जिप अनियन्त्रित भई सडकदेखी १०० मिटर तल खसेको छ । दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर ८, २०७७  २०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update