Erani Mahal
तानसेन–रिडी सडकमा यात्रा गर्दै हुनुहुन्छ ? यी समयमा बन्द छ सवारी आवागमन
IMG_1225
पाल्पा – पाल्पाको तानसेन–हार्थोक–रिडी सडक भएर यात्रा गर्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने सडकमा दैनिक विभिन्न समयमा सवारी आवागमन बन्द छ । विभिन्न समयमा सवारी आवागमन रोकेर हार्थोक–मालमुल–जोर्ते खण्डको मोड सुधार तथा सडक स्तरोन्नतिका काम चलिरहेको सडक डिभिजन पाल्पाले जनाएको छ । सडकमा कात्तिक २५ गतेदेखि नै सवारी आवागमन रोकेर काम भएको थियो । बिचमा तिहारको समयमा सवारी आवागमन खुला गरेर काम रोकिएकोमा अहिले पुनः सवारी आवागमन रोकेर काम भईरहेको सडक डिभिजन पाल्पाका ईञ्जिनियर शिवु खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार मंसिर १३ गतेसम्म यो क्रम जारी हुनेछ । १३ गतेसम्मका लागि बिहान ३ देखि ६ बजेसम्म र ७ देखि ९ बजेसम्म, दिउँसो १२ देखि ४ बजेसम्म, साँझ ७ देखि ८ बजेसम्म र ९ देखि १२ बजेसम्म सडकमा सवारी आवागमत रोकिएको छ । यी समयबाहेक अन्य समयमा भने सवारी आवागमन यथावत संचालन भईरहेको छ ।
प्रकाशित मिति: शनिबार, मंसिर ६, २०७७  १०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update