Erani Mahal
तिनाउ –६ शिखरडाँडामा दुई दिने पूर्व सहकारी शिक्षा तालिम
tinau2
पाल्पा - जिल्लाको तिनाउ गाउँपालिका वडा नं. ६ को शिखरडाँडा, चिदीसका दलित समुदायका नागरिकहरूलाई मध्यनजर गरी २ दिने पूर्व सहकारी शिक्षा तालिम सञ्चालन भएको छ । तालिमको एक कार्यक्रमकाबीच शुक्रबार तिनाउ गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्तीमगरले शुभारम्भ गर्नुभएको छ । शुभारम्भ कार्यक्रमका प्रमुख अतिथि रहनुभएका उहाँले गाउँपालिकामा करिब २२ वटा सहकारीहरू दर्ता भएको बताउँदै ४ वटा प्रदेश स्तरीय, १७ वटा सक्रिय र १ वटा निष्क्रिय रहेको बताउनुभयो । अहिले तिनाउ गाउँपालिकाले सहकारी सञ्चालकहरूको लागि गाउँपालिकास्तरीय सहकारी समन्वय समिति गठन, एक घर एक सहकारीको अभियान सञ्चालन, सहकारी मार्फत कृषि उपजलाई अनुदानको व्यवस्था, सहकारी व्यवस्थापकलाई तालिमको व्यवस्था, सहकारी सदस्यहरूलाई सहकारी शिक्षा एवम नमुना सहकारीहरूमा अध्ययन अवलोकन जस्ता कार्यक्रम सञ्चालन गरेको अध्यक्ष घर्तीले बताउनुभयो । उहाँले वडा नं. ६ का नागरिकहरूले सहकारी सञ्चालन गर्ने तयारी गरिरहेको समयमा सहकारी सञ्चालन गर्नुभन्दा अगाडि सहकारी सम्बन्धि तालिमको वडाका नागरिकहरूले माग गरेकोले गाउँपालिकाले बजेट विनियोजन गरी तालिम सञ्चालन गरेको बताउनुभयो । तालिमले वडाका नागरिकहरूलाई फाइदा पुग्ने विश्वास रहेको समेत अध्यक्ष घर्ती मगरले बताउनुभयो । कार्यक्रममा वडा नं. ६ का वडाध्यक्ष टोम बहादुर पुनले सहकारी स्थापना गर्न भन्दा सञ्चालन गर्न निकै ग्राह्रो हुने भएकोले यो तालिमले वडाका नागरिकहरूलाई लाभ पुग्ने बताउनुभयो । तालिम लिएर मात्रै औचित्य नरहने बताउँदै तालिममा सिकेका कुरालाई व्यवहारिक जीवनमा लागू गर्न पनि वडाध्यक्ष पुनले आग्रह गर्नुभयो । कार्यक्रममा तिनाउ गाउँपालिका सहकारी सञ्जाल अध्यक्ष भुपति पाण्डेले पछिल्लो समयमा धेरै सहकारीहरू सञ्चालनमा भएपनि केही सहकारीहरूले काम गर्न नसकी निष्क्रिय भएको बताउँदै वडा नं. ६ ले सहकारी सञ्चालन गर्न भन्दा अगाडि तालिम सञ्चालन गरेकोले तालिमले वडाका नागरिकहरूलाई फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो । तालिमको प्रशिक्षण भुपति पाण्डेले गर्नुभएको छ । शुभारम्भ कार्यक्रम दलित सहकारी संघका अध्यक्ष छवि गहतराजको अध्यक्षता र गाउँपालिकाका सहकारी शाखा प्रमुख शिव आत्रेयको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०७७  २१:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update