पाल्पा – पाल्पामा थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालयले शुक्रवार सार्वजनिक गरेको विवरणमा बिहीबार र शुक्रबार गरी दुई दिनमा १५ पुरुष र ६ महिलामा संक्रमण पुष्टि भएको उल्लेख छ । संक्रमण पुष्टि भएकामध्ये तानसेन नगरपालिका तथा अस्पतालका १५ जना रहेका छन् । त्यस्तै, रामपुर नगरपालिका तथा अस्पतालका ४ जनामा संक्रमण पुष्टि भएको छ । माथागढी र बगनासकाली गाउँपालिकामा पनि १/१ जना संक्रमित थपिएका छन् ।
योसंगै पाल्पामा कोरोना संक्रमित हुनेको संख्या १ हजार ४२४ पुगेको छ । जसमध्ये १ हजार १५५ जना निको भएका छन् भने १९ जना कोरोना संक्रमितको निधन भएको छ ।
बिहीबार राति मात्रै रामपुर –५ की कोरोना संक्रमित महिलाको लुम्बिनी मेडिकल कलेज प्रभास तानसेनमा उपचारका क्रममा मृत्यु भएको छ ।
हाल पाल्पामा कोरोनाका सक्रिय संक्रमितको संख्या २ सय ५० छ ।
रामपुरकी एक कोरोना संक्रमित महिलाको तानसेनमा मृत्यु
प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०७७ १४:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय