Erani Mahal
पाल्पामा कोरोना संक्रमित ५४ वर्षीय महिलाको मृत्यु
Death-from-corona
पाल्पा– पाल्पा रामपुरकी एक जना कोरोना संक्रमित महिलाको तानसेनमा मृत्यु भएको छ । रामपुर नगरपालिका –५ की ५४ वर्षीय महिलाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा मृत्यु भएको हो । गत कात्तिक १९ गतेदेखि मेडिकल कलेजमा उपचाररत महिलाको बिहीबार राती १२ः५० बजे मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले ईरानीमहललाई बताउनुभयो । महिलामा २० गते कोरोना पुष्टि भएको थियो । महिलामा मधुमेह र उच्च रक्तचापको समस्या रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । योसंगै पाल्पामा कोरोना संक्रमितको मृत्यु हुने संख्या १९ पुगेको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०७७  १४:११
प्रतिक्रिया दिनुहोस्
Weather Update