Erani Mahal
विप्लव नेकपाका पाल्पा इन्चार्ज पक्राउ
Biplop
पाल्पा- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका पाल्पा जिल्ला इन्चार्ज बुटवलमा पक्राउ परेका छन् । जिल्ला इन्चार्ज ४१ वर्षीय पूर्णबहादुर सिंहलाई रूपन्देहीबाट प्रहरीले पक्राउ गरेको जनाएकाे छ । बिहीबार बिहान बुटवल उपमहानगरपालिका ७, दीपनगरबाट सिंह र पाल्पा जिल्ला सदस्य मीनबहादुर आले पक्राउ परेका हुन् । ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार उनीहरुको साथबाट विभिन्न पुस्तक, सदस्यता नवीकरण पत्र र सिमसहित एक थान मोबाइलसमेत जफत गरिएको छ । प्रहरीले सरकारले विप्लव समूहलाइ प्रतिवन्ध लगाएपछि उनीहरुका नेता तथा कार्याकर्तालाइ पक्राउ तथा खाेजी गरिरहेकाे छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०७७  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update