Erani Mahal
स्याङ्जामा गाँजासहित चार जना पक्राउ
Pakrau
स्याङ्जा – स्याङ्जामा गाँजासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका –१३ का २५ वर्षीय ख्याम वहादुर विक लगायत ४ जनालाई करिब २ किलो अवैध लागूऔषध गाँजासहित बुधबार बेलुका प्रहरीले पक्राउ गरेको हो । बिकको घरमा गाँजा रहेको भन्ने सूचनाका प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले उक्त गाँजा सहित उनीहरुलाई पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०७७  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update