Erani Mahal
पाल्पाकी कोरोना संक्रमित महिलाको मृत्यु
Death-from-corona
पाल्पा - पाल्पाकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । बगनासकाली गाउँपालिका –६ की ५१ वर्षीय महिलाको उपचारका क्रममा युनिभर्सल मेडिकल कलेज भैरहवामा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । गत कात्तिक ३० गते अस्पताल भर्ना हुनुभएकी महिलाको बुधबार बिहान ३ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले ईरानीमहललाई बताउनुभयो । महिलालाई कात्तिक २९ गते लुम्बिनी मेडिकल कलेज तानसेन प्रभासबाट भैरहवा रिफर गरिएको थियो । १ गते महिलामा कोरोना पुष्टि भएको थियो । महिला दमको दीर्घरोगी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । योसंगै पाल्पामा कोरोना संक्रमितको मृत्यु हुने संख्या १८ पुगेको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ३, २०७७  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update