Erani Mahal
पाल्पामा ट्रिपर दुर्घटना, एक जनाकाे ज्यान गयाे
tiper
पाल्पा - पाल्पा जिल्लाकाे पूर्वमा रहेकाे निस्दी-७ ज्यामिरेमा मंगलबार दिउँशाे ट्रिपर दुर्घटना हुँदा एक जनाको ज्यान गएकाे छ । दुर्घटनामा परी ट्रिपर चालक सिन्धुपाल्चाेक चाैतारा नगरपालिसकाकाका ४० वर्षीय पूर्णबहादुर श्रेष्ठकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ । मंगलबार दिउँशाे ३ बजेतिर निस्दीकाे ज्यामिरे भुटुकेबाट चुनढुङ्गा बोकेर नवलपरासीकाे सर्दीतर्फ गैरहेको ना. ८ ख. ७९०५ नम्बरको ट्रिपर मोटेखर्क खस्रेनी खोलामा दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ । चुनढंगासहित अत्याधिक लोड सहितको ट्रिपर सडक बाट १० मिटर तल खसेको थियोे । घटनाको बारेमा थप अनुसन्धान भइरहेकाे निस्दी प्रहरीले जनाएकाे छ । अप्ठेराे र ग्रेड नमिलेका कारण याे सडकमा अत्याधिक दुर्घटना हुने गरेकाे छ । मापदण्ड विपरीतकाे सडकमा क्षमताभन्दा बढी भारका ट्रिपर संचालन गर्न दिनुले यहाँ अत्याधिक दुर्घटना हुने गरेकाे स्थानीय बासिन्दाकाे भनाइ छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर २, २०७७  १९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update