Erani Mahal
पाल्पामा सोमबार कति थपिए कोरोना संक्रमित ?
Coronavirus-recession
पाल्पा - सोमबार पाल्पामा थप ५ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न स्थानका १६ जनाको पीसीआर परीक्षण गर्दा उनिहरुमा संक्रमण पुष्टि भएको हो । अन्य ११ जनाको रिपोर्ट नेगेटिभ आएको छ । सोमबार तानसेन नगरपालिकामा २ जना, माथागढी गाउँपालिकामा २ जना र रम्भा गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । योसंगै पाल्पामा कोरोना संक्रमित हुनेको संख्या १ हजार ३ सय ८४ पुगेको छ । संक्रमितमध्ये १७ जनाको मृत्यु भएको छ भने १ हजार १ सय ५० जना संक्रमणमुक्त भएका छन् । हाल पाल्पामा २ सय १७ जना सक्रिय संक्रमित छन् । सोमबारमात्रै पाल्पाका १ कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । यो पनि
प्रकाशित मिति: सोमबार, मंसिर १, २०७७  १८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update