Erani Mahal
पाल्पाको कोरोना अपडेट : आईतबार १५ जना संक्रमित थपिए, ३८ जना निको भए
Coronavirus-
पाल्पा – आईतबार पाल्पामा कोरोना भाइरसका १५ जना संक्रमित थपिएका छन् । थपिएका संक्रमितमध्ये ९ जना पुरुष र ६ महिला छन् । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार तानसेन नगरपालिकाभित्र ६ जना संक्रमित थपिएका छन् । त्यस्तै, रामपुर नगरपालिकामा २ जना, माथागढी गाउँपालिकामा ३ जना, बगनासकाली गाउँपालिकामा २ जना, तिनाउ र निस्दी गाउँपालिकामा १/१ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो । आईतबार थपिएकासंगै पाल्पामा कोरोना संक्रमित हुनेको संख्या १ हजार ३ सय ७९ पुगेको छ । सम्बन्धित समाचार : ३८ जना संक्रमणमुक्त आईतबार पाल्पाका विभिन्न स्थानका ३८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । २१ जना पुरुष र १७ जना महिला संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ । संक्रमणमुक्त हुनेमा तानसेन नगरपालिकाभित्रका १५ पुरुष र १२ महिला गरी २७ जना रहेका छन् । त्यस्तै रिब्दिकोट गाउँपालिकाका २ जना पुरुष, बगनासकाली गाउँपालिकाका ३ पुरुष र १ महिला गरी ४ जना, पूर्वखोला गाउँपालिकका ३ महिला र १ पुरुष गरी ४ जना आईतबार संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । तोकिएको मापदण्ड पुरा गरेर १४ दिन आईसोलेशनमा बसेकाहरु कोरोना संक्रमणमुक्त भएका हुन् । पाल्पामा हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ हजार १ सय ५० पुगेको छ । पाल्पामा १६ कोरोना संक्रमितको मृत्यु भएको छ । अहिले पाल्पामा २ सय १३ जना कोरोनाका सक्रिय संक्रमित छन् ।
प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०७७  २१:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update