Erani Mahal
पाल्पामा थप दुई कोरोना संक्रमितको मृत्यु
Death-from-corona
पाल्पा — पाल्पामा कोरोना संक्रमित थप दुई जनाको मृत्यु भएको छ । बगनासकाली गाउँपालिका –१ चिर्तुङधाराकी ६३ वर्षीया महिलाको लुम्बिनी मेडिकल कलेजमा र माथागढी गाउँपालिका –३ कसेनीका ४३ वर्षीय पुरुषको युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । चिर्तुङधाराकी महिला स्वास्थ्यमा समस्या आएपछि कात्तिक २८ गते अस्पताल भर्ना भएकी थिइन् । शनिबार कोरोना पुष्टि भएकी महिलाको अस्पतालको आइसोलेसनमा उपचारका क्रममा शनिबार राति ११ः ३० बजे मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । अस्पतालका अनुसार ति महिलामा निमोनिया र श्वासप्रश्वासको समस्या देखिएको थियो । माथागढी –३ कसेनीका पुरुषको उपचारका क्रममा आईतबार दिउँसो साढे १ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । ति पुरुष श्वाप्रश्वासमा समस्या आएपछि शुक्रबार साँझ अस्पताल भर्ना भएका थिए । पुरुषमा मधुमेहको समेत समस्या रहेको अस्पतालले जनाएको छ । योसंगै पाल्पामा कोरोना संक्रमितको मृत्यु हुने संख्या १६ पुगेको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०७७  १८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update