Erani Mahal
परदेशमा ज्यान गुमाएका जर्घाको परिवारलाई आर्थिक सहयोग
Help Pic
पाल्पा - गत वर्ष यूएईमा ज्यान गुमाएका पाल्पा आईटिएफ तेक्वाण्डोका पूर्व खेलाडी मोहन जर्घाको परिवारलाई पाल्पाका खेलाडीहरुले आर्थिक सहयोग गरेका छन् । शनिबार स्वर्गीय जर्घाको आमालाई भेटेर पाल्पा आईटिएफका प्रशिक्षकहरुले २५ हजार नगद सहयोग गरेका हुन् । जिल्लाको पूर्वखोला गाउँपालिका –४ देवीनगर निवासी स्वर्गीय मोहन जर्घाको यूएई गएको केही महिनामै सडक दुर्घटनामा ज्यान गएको थियो । तानसेन आईटिएफ, प्रिपेरेटरी, मदरल्याण्ड, आवासिय, बिजु, बृन्दाबन, मालागिरी र ताहँु तेक्वाण्डो डोजाङका खेलाडी तथा प्रशिक्षक र पूर्व खेलाडी एवं प्रशिक्षकहरु नीर बहादुर सारु, सुरज थापा, देब पचभैया, पत्रकार दिपक भट्टराई लगायतको उपस्थितिमा आर्थिक सहयोग प्रदान गरिएको पाल्पा आईटिएफका उपाध्यक्ष एवं अन्र्तराष्ट्रिय प्रशिक्षक कृष्ण थापाले जानकारी दिनुभयो । सहयोग रकम हस्तान्तरण गर्दे पाल्पा आईटिएफका अध्यक्ष एवं अन्र्तराष्ट्रिय प्रशिक्षक नीर बहादुर सारुले दुःख र समस्या पर्दा खेलाडीको पक्षमा सहयोग गर्नेहरु धेरै छन् भन्ने हेतुले स्वर्गीय जर्घाको परिवारलाई आर्थिक सहगोग गरिएको बताउनुभयो । कार्यक्रममा पाल्पा आईटिएफका प्रशिक्षकहरु सुरज थापा, श्याम बहादुर गाहा, बिष्णु कुमार बस्याल लगायतको समेत सहभागीता थियो ।
प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०७७  १७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update