Erani Mahal
‘ओके बाजे’द्वारा मित्यालका ६० घरपरिवारलाई राहत वितरण
Okey_baje_rahat
पाल्पा – जापानीज समाजसेवी काजुमासा काकिमी ‘ओके बाजे’ले मित्यालका ६० घर परिवारलाई राहत वितरण गर्नुभएको छ । निस्दी गाउँपालिका वडा नम्बर –४ मित्यालका मौलाथर, घुँसिबार, थोक्सिबास, घ्याङसिबास र काफलका ६० घर गरिब तथा विपन्न परिवारलाई राहत वितरण गर्नुभएको हो । उहाँले प्रतिघर प्रतिघर चामल ५० किलो, दाल १ किलो, तेल १ किलो, नुन १ किलो, सोयाविन १ किलो र एउटा साबुन वितरण गर्नुभएको हो । काजुमासा काकिमी २५ वर्षभन्दा लामो समयदेखि निरन्तर पाल्पामा बसेर समाजसेवा गर्दै आउनुभएको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०७७  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update