Erani Mahal
तिहारलाई थरिथरिका झिनियाँ [केही तस्वीर]
Jhiniya_4
पाल्पा – पसल–पसलमा थरिथरिका झिनियाँ बिक्रीका लागि राखिएका छन् । कोही व्यापारी ग्राहक कुर्दैछन्, कोही ग्राहकलाई झिनियाँको मूल्य बताउँदैछन् । कोही झिनियाँ बिक्री गरिरहेका छन् । पाल्पा सदरमुकाम तानसेनका विभिन्न स्थानका पसलमा हिजोआज देखिने दृश्य हो, यो । यहाँका पसलमा तिहारका लागि भनेर झिनियाँ बिक्री गर्न राखिएको छ । तिहार पर्वको भाईटीकामा सगुनको रुपमा झिनियाँ खान दिने प्रचलन रहेको छ । त्यसैले बर्षैभरी बिक्री हुने झिनियाको व्यापार तिहारमा बढी हुने गर्छ । विगतका वर्षमा तिहारमा लाखौंको झिनियाँ बिक्री गर्ने व्यापारीहरु यसवर्ष भने कोरोना भाइरस संक्रमणका कारण व्यापारमा आधा कमी आएको बताउँछन् । तस्वीरहरु : सुशिल नेपाल
प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०७७  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update