Erani Mahal
तानसेनको काजीपौवामा टिप्परले बसलाई ठक्कर दियो : यात्रु सकुशल
2
पाल्पा – तानसेन–बुटवल सडकको काजीपौवामा बुधबार बिहान टिप्परले बसलाई ठक्कर दिएको छ । तानसेनबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख ४७१२ नम्बरको खाली टिप्परले तानसेनतर्फ आउँदै गरेको लु २ ख ११११ नम्बरको यात्रुबहाक बसलाई बिहान ९ बजेको समयमा ठक्कर दिएको हो । टिप्परले बसको साइडमा सामान्य ठक्कर दिएको र कुनै मानवीय क्षति नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख सई उपेन्द्र बुढाथोकीले ईरानीमहललाई जानकारी दिनुभयो । उहाँका अनुसार बसमा सामान्य क्षती भएको छ । ओरालोमा घुम्ति मोडने क्रममा टिप्परको ब्रेकले राम्रोसंग काम नगर्दा बसको साइडमा सामान्य ठक्कर दिन पुगेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०७७  १०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update