Erani Mahal
तिनाउमा विद्यालय छोड्ने दर घटाउन शैक्षिक सामाग्री र पोशाक वितरण
123555616_2824163711152588_3239759677579548685_n
पाल्पा – मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्र्तगत तिनाउ गाउँपालिका पाल्पाले विद्यालय छोड्ने दर घटाउन विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु र विद्यालय पोशाक वितरण गरेको छ । सोमबार तिनाउ गाउँपालिकाको वडा नं. १ कचलका २ विद्यालयहरुमा शैक्षिक सामाग्रीहरु र विद्यालय पोशाक वितरण गरिएको थियो । तिनाउ गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्तीमगरले गरिबीका कारण विद्यालय छोड्ने दरलाई घटाउन मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमको सहयोगमा गाउँपालिकाले शैक्षिक सामाग्री र विद्यालय पोशाक वितरण गरिएको जानकारी दिनुभयो । ‘विपन्न परिवारका व्यक्तिको शिक्षा, स्वास्थ्य, रोजगारी, प्रविधि हस्तान्तरण, सीप विकास, आयआर्जनमा सामाजिक संरक्षण मार्फत जीवनस्तर उकास्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री, पोशाक, दिवा खाजा र अभिभावकलाई स्वास्थ्य वीमा गरिएको छ’ गाउँपालिका अध्यक्ष घर्ती मगरले भन्नुभयो,– ‘विद्यालय भर्ना नभएका बालवालिकाहरुलाई विद्यालयसम्म पुर्याउन र विद्यालय गएका बालवालिकाहरुलाई विद्यालयमा टिकाउन सहयोग गरेका छौं ।’ वडा नं. १ कचलको झिंगामारा र ठूलीउदाङका सिद्ध आधारभूत विद्यालय र सरस्वती आधारभूत विद्यालयसहित वडा नं. १ र ६ का ४ सय विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा १ सय ८० जना विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमकी सहजकर्ता गीता कुमारी भट्रराईले जानकारी दिनुभयो । तिनाउ गाउँपालिका शिक्षा शाखा प्रमुख लक्ष्मी कुँवरले शिक्षामा सहयोग र टेवा पुर्याउँदै रोजगारी सृजना गर्न समेत कार्यक्रम फलदायी रहेको बताउनुभयो । तिनाउ १ कचलका वडा सदस्य अमर तरामु मगरले १ सय विद्यार्थीका अभिभावकको स्वास्थ्य वीमाले गरिबी निवारणमा टेवा पुर्याएको बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०७७  ०८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update