Erani Mahal
रामपुरमा नगद र गरगहना लुटपाटको अभियोगमा दुई जना पक्राउ
Pakrau
पाल्पा - जिल्लाको रामपुरमा भएको नगद र सुनका गरगहना लुटपाटको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । रामपुर नगरपालिका –८ ढकालचौपारीस्थित मनकुमारी श्रेष्ठको घरबाट गत मंगलबार ३ लाख ५८ हजार रुपैयाँ नगद र ९ लाख ५ हजार बराबरको सुनका गरगहना लुटपाट भएको थियो । सो लुटपाटको अभियोगमा घरधनि मनकुमारीकी बुहारी ३५ वर्षीय राममाया श्रेष्ठ र रामपुर –५ बस्ने पूर्व नवलपरासी बौदीबाली गाउँपालिका –३ का ३० वर्षीय माधव पंगेनीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुई जनाको मिलेमतोमा योजना बनाई लुटपाट भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनीहरुको साथबाट चोरी भएको नगद र सुनका गरगहना समेत बरामद गरिएको छ । उनीहरुलाई डाका चोरी मुद्दामा पक्राउ गरी थप अनुसन्धान अगाडि बढाईएको पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०७७  २२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update