Erani Mahal
'पाैवा हाेटल'काे सेवा तानसेन र रेसुङ्गाबाट पनि सुरू
hotel pouwa
गुल्मी - पाैवा रिसाेर्ट प्रालिले आफ्नाे आठाै सेवा गुल्मीको धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गाबाट समेत शुरु गरकाे छ । साेमबार बिहान रेसुङ्गामा पत्रकार सम्मेलन गरी पौवाले आफ्नाे सेवा सुचारू भएकाे जनाएकाे छ । पाैवाले रेसुङ्गावाट १ वर्षकाे मेहनतपछि सेवा सुभारम्भ गरेकाे हाे । रेसुङ्गालाई विश्वमा परिचत गराउनुका साथै पर्यटनहरुलाई यहाँ उपस्थित गराउन पाैवा रिसाेर्टले महत्वपूर्ण भुमिका निभाउने पत्रकार सम्मेलनमा जानकारी दिइएकाे छ । पाैवाले रेसुङगा, पाल्पा, बुटवल, भैरहवा, गाेरुसिङ्गे, भालुवाङ, लमही, जुम्लाबाट सेवा दिँदै आएकाे पाैवाले देशभरवाट अाफ्नाे सेवा दिने लक्ष्य रहेकाे पाैवाका सञ्चालक ध्रुवराज न्याैपानेले जानकारी दिनुभएकाे छ । श्रद्धालु भक्तजनलाई रेसुङ्गा ल्याउनुका साथै यहाँको पर्यटकीय क्षेत्रलाई लक्षित गरी अन्य पर्यटकहरूलाई समेत पाैवा रिसाेर्ट रेसुङ्गामा ल्याइने न्याैपानेले बताउनुभयाे । पाैवाले रेसुङ्गालाई नै राेज्नुकाे प्रमुख कारण यहाँको धार्मिक एवं पर्यापर्यटन विकास नै भएको अध्यक्ष दुर्गा भण्डारीले बताउनुभयाे । तम्घास आएका पर्यटकलाई रेसुङ्गा पुगौं भन्ने र आउन चाहाना भएमा सेवा समेत दिने उहाँको भनाई छ। छिट्टै पाैवाले रेसुङगा घुम्ने प्याकेज समेत निर्माण तयारी रहेकाे पाैवा रिसाेटका सञ्चालक शरण कर्मचार्यले बताउनुभयाे । २५ वर्षका लागि पाैवा रिसाेर्टले २५ राेपनी जग्गा प्रयाेग गर्ने गरी रेसुङ्गा नगरपालिकासँग सम्झौता गरेकाे छ । २५ वर्षपछि यहाँ निर्माण गरेका सबै संरचना रेसुङ्गा नगरपालिकालाई हस्तान्तरण गर्ने प्रवन्ध निर्देशक विष्णुप्रसाद ज्ञवालीले जानकारी दिनुभयाे । रेसुङ्गाबाट आफ्नाे सेवा सुभाम्भ गरेकाे पाैवा रिसाेर्टले कात्तिक २२, २३ र २४ गते स्थानीय परिकार खुवाउने समेत तयारी रहेकाे छ । यसअघि पाैवाले पाल्पाकाे तानसेनस्थित सिल्खानटाेलबाट समेत सेवा आरम्भ गरेकाे छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०७७  २०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update