Erani Mahal
तानसेनका रानाको सांगीतिक कोशेली ‘माया तिमीनै’ सार्वजनिक (भिडियो सहित)
prem_rana1
पाल्पा – तानसेन गैरागाउँ निवासी प्रेम रानाले आफ्नो दोस्रो सांगीतिक कोशेली सार्वजनिक गर्नुभएको छ । तानसेनकै सेन्ट क्यापितानियो स्कूलमा शिक्षण गर्दै आउनुभएका उहाँले आईतबार ‘माया तिमीनै’ बोलको पप गीत सार्वजनिक गर्नुभएको हो । उहाँले गतवर्ष पहिलो सांगीतिक कोशेली ‘संसार’ ल्याउनुभएको थियो । आफ्नो दोस्रो सांगीतिक कोशेली युवापुस्तालाई मध्यनजर गरेर ल्याएको उहाँले बताउनुभयो । यो गीतको रेकर्डिङ् तथा भिडियो निर्माण उहाँले पाल्पामै गर्नुभएको हो । श्रीनगर, चिलाङ्दी, पिस प्वाइन्ट, कुन्सरे, चण्डिभञ्ज्याङ् लगायतका मनोरम स्थानहरुमा छायाँकन गरिएको भिडियोमा सर्जक राना स्वयंमका साथमा रोजी श्रेष्ठले अभिनय गर्नुभएको छ । भिडियोलाई सुरज केसीले छायाँकन तथा सम्पादन गर्नुभएको छ । गीत तयार गर्दा ३० हजार रुपैयाँ बढी खर्च लागेको उहाँले बताउनुभयो । राना सानैदेखि गीत गुनगुनाउन रुचाउनुहुन्थ्यो । आगामी दिनमा अन्य सांगीतिक कोशेली ल्याउँदै जाने उहाँले ईरानीमहललाई बताउनुभयो । भिडियो : https://www.youtube.com/watch?v=gTvOxU_dMms&feature=emb_title
प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०७७  १२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update