Erani Mahal
एक दर्जन बढी कलाकारमा कोरोना संक्रमण
hari-bansha_achary
पाल्पा – नेपालमा हालसम्म एक दर्जन बढी कलाकारमा कोरोना संक्रमण पुष्टि भएको छ । हास्य कलाकार मनोज गजुरेल, निर्देशक तथा कलाकार अशोक शर्मा हालै कोरोना पुष्टि भएपछि होम आईसोलेसनमा स्वास्थ्यलाभ गरिरहनुभएको छ । पोखरा बस्दै आउनुभएका लोकगायक पुरुषोत्तम न्यौपाने पनि कोरोना संक्रमण पुष्टि भएपछि अहिले होम आईसोलेसनमा बस्नुभएको छ । [caption id="attachment_14483" align="alignnone" width="768"] वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य[/caption] गायक/संगीतकार टंक बुढाथोकी, कलाकार तथा पाइलट विजय लामा, वरिष्ठ कलाकार हरिवंश आचार्य कोरोना संक्रमित भएर निको हुनुभएको छ । त्यस्तै गायक संजय श्रेष्ठ, गायक लोचन रिजाल, अभिनेता दिपक ढकाल, कलाकार प्रकाश शाह कोरोना संक्रमित भएर निको हुनुभएको छ । नेपालबाहिर बस्दै आएका केही नेपाली कलाकारहरु पनि कोरोना संक्रमित भएर निको भईसकेका छन् । अमेरिकामा बस्दै आउनुभएका लोकगायक प्रेमराजा महत, लण्डनमा बस्दै आउनुभएका हास्य कलाकार सुवास कार्की ‘बेलासे’, अमेरिका बस्दै आउनुभएका हास्य कलाकार देवीराम पराजुली ‘भोकलाग्यो’, भारतमा बस्दै आउनुभएकी अभिनेत्री निरीषा बस्नेतलाई कोरोना देखिएको थियो ।
प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०७७  २१:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update