Erani Mahal
सेती नदी जलविद्युतका लागि ३५० करोड लगानी सम्झौता
samjhauta_CJlC1D2rOg
बुटवल-पाँच अर्ब रुपैयाँको लागतमा निर्माण हुन लागेको सेती नदी जलविद्युत आयोजनाको सिभिल तर्फको काम १० प्रतिशत सम्पन्न भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन आयोजनाको लागि ३५० करोड ऋण लगानीको सम्झौता समेत भएको आज बुटवलमा आयोजित पत्रकार जनाइएको छ । एनएमबी बैंकको नेतृत्वमा कर्मचारी सञ्चय कोष र कृषि विकास बैंकले ऋण लगानी गर्ने भएका हुन् । भिजन लुम्बिनी उर्जा प्रवद्र्धन कम्पनीद्वारा प्रर्वद्धित सो आयोजनामा ३ वित्तीय संस्थाले ३ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्ने छन् । सो आयोजनाको लागि एनएमबि बैँकमार्फत २२० करोड, कर्मचारी सञ्चय कोषमार्फत ८० करोड र कृषि विकास बैंक लि.मार्फत ५० करोड गरि जम्मा ३५० करोड ऋण लगानी हुने सम्झौता भएको भिजन लुम्बिनीका अध्यक्ष जगतबहादुर पोखरेलले बताउनुभयाे । आयोजनाका लागि बैंकहरुको तर्फवाट कुल लागत ५०० करोडको ७० प्रतिशतले हुने रकम ३५० करोड ऋण लगानी हुनेछ । त्यस्तै काठमाडौं, पोखरा, चितवन, तनहुँ (विशेषगरी बुटवलवासी र माछापुच्छ्रे गाँउपलिकाका स्थानीयहरु समेत) शेयरधनी भई प्रवद्र्धकहरुको तर्फवाट ३० प्रतिशतले हुन आउने १५० करोड रकम लगानी हुने सम्झौतामा उल्लेख गरिएको छ । आयोजनाले विद्युत उत्पादनपछि आइपिओ मार्फत स्थानीय र सर्वसाधारणको लागि शेयर जारी गर्ने उहाँले बताउनुभयाे । विगत ९ महिनादेखि निर्माणको काम भैरहेको आयोजना आगामी १८ देखि २० महिना भित्रमा सम्पन्न गर्ने लक्ष्य रहेको भिजन लुम्बिनीका संचालक ज्ञानेन्द्र कसजुले बताए। उनले अहिलेसम्म सिभिलतर्फको १० प्रतिशत काम अध्यक्ष पोखरेलले बताउनुभयाे । पोखरेलले नमूना जलविद्युत परियोजनाको रूपमा स्थापित हुने गरी समयमा नै आयोजना सम्पन्न गरिने प्रतिवद्वता जनाए । आयोजनाको सुपरिवेक्षणको काम हाइड्रो कन्सल्ट इन्जिनियरिङ लिमिटेडले गर्दै आएको छ । आयोजनाबाट उत्पादित विद्युत कास्कीको लाहाचोकमा रहेको प्राधिकरणको सब–स्टेशनमा जोडिने अर्का सञ्चालक विनोद ज्ञवालीले बताउनुभयाे । बुटवलको भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडद्वारा कास्कीको माछापुच्छ्रे गाँउपलिकामा २५ मेघावाट क्षमताको सेती नदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाका लागि नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभाग, उद्योग विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय तथा वातावरण मन्त्रालयवाट लिनुपर्ने अनुमति तथा ईजाजतपत्रहरु लिने कार्य सम्पन्न भइसकेको छ । आयोजनाको डिटेल प्रोजेक्ट रिपोर्टको काम हाइड्रो कन्सल्ट एण्ड विडिए जेभीले सम्पन्न गरिसकेको छ । कम्पनीले आयोजनाको लागि पहुँचमार्ग निर्माणको काम र जग्गा खरिदको काम पनि सम्पन्न गरिसकेको छ भने सिभिल निर्माणको कार्य रसुवा लुना जेभीले गरिरहेको छ । सो आयोजनाबाट उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रशारण लाईनमा जोडिने छ । राताेपाटीकाे सहयाेगमा ।
प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०७७  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update