Erani Mahal
कतारको जागिर छाडेर गाउँमै कालिज फार्ममा रमाउँदै गुल्मीका युवा !
dsa
चुरामणी तिमिल्सेना गुल्मी– कतारमा सातवर्ष पसिना बगाउँदा समेत सोंचे जस्तो कमाई नभएपछि गुल्मीका एक युवाले स्वदेशमा कालिज पालनमा रमाउनुभएको छ । कतारमा सात बर्ष सम्म काम गरेर फेरी परदेश नजाने गुल्मी रेसङगा नगर पालिका वार्ड न १० का हुमाकान्त अर्यालले अब कालिज पालनबाटै आम्दानी गर्ने बताउनुभयो । अर्यालले केही महिना यतादेखि झन्डै ३५ लाखको लगानीमा श्रीमती गीता अर्यालसँगकाे सहकार्यमा साैगात अर्गानिक कृषि फार्म तथा रिसर्च सेन्टर सन्चालन गर्नु भएको हो । अहिले फर्ममा ३०० कालिज ५० थान ट्रकी २५ थान लौकाट रहेका छन आफुले यो अभ्यास पहिलो पटक गरेकोले सफल्ता प्राप्त भएमा लगानी वृद्धि गरी कालिज कुखुरा बाख्रा लगायतलाई थप गर्ने योजना रहेको अर्यालको भनाइ रहेको छ । आफ्नै जन्म भुमिमा पसिना बगायर सबै परिवार सङै रहेर काम गर्दा आनन्द हुने थोरै आम्दानी भएपनि यसैमा सन्तुस्टि भएको अर्यालले बताउनुभयो । उहाँले खाडीमा पसिना बगाउनु भन्दा स्वदेशमा गरिने कामको कमाई र सम्मान ठूलो हुने भएकाले युवालाई खाडीमा होइन गाउँमै केही गर्न सुझाव दिनुभयो ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०७७  १८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update