Erani Mahal
सन्चारकर्मी चन्द र श्रेष्ठकाे फूल्याे मखमली बजारमा
makhamali
पाल्पा- पाल्पामा लामाे समय सन्चारकर्मी रहनुभएका गायक तथा सर्जक रामचन्द्र चन्दकाे स्वर तथा लयमा देउसी भैलाे गीत बजारमा आएकाे छ । गीतमा अर्की सञ्चारकर्मी रीता श्रेष्ठले अभिनय गर्नुभएकाे छ । नेपालीको दोस्रो ठूलो चाड तिहारको बारेमा तयार पारिएका गीतहरु रिलिज हुने क्रममा फूल्यो मखमली गीतको भिडियो बुधवार रिलिज गरिएको हो । भाइटीका र माइतीचेलीबीचको सम्बन्धलाई उजागार गरिएको गीतमा रामचन्द्र चन्दको स्वर तथा लय रहेको छ । गीतको रचना केशवराज नेउपानेले गरेका हुन् । गीतको भिडियोमा रेडियो जनता ८९.१ की कार्यक्रम निर्मात्री तथा आरजे रीता श्रेष्ठको साथमा महेन्द्र गौतम,मेलिना ठकुरी,रोनिशा बराल र हरिकृष्ण राजथलाको अभिनय रहेको छ । भिडियोको निर्देशन हुम गैरेले गरेका हुन् । गीत रिलिज भएसँगै विभिन्न माध्यमबाट गीतलाइ शुभकामना दिएकाे र राम्राे प्रतिक्रया पाएकाे गाएक चन्दले रानीमहललाइ बताउनुभयाे । हेर्नुहाेस भिडियाे ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०७७  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update