Erani Mahal
तानसेन–आर्यभञ्ज्याङ्ग सडकमा जिप दुर्घटना, ८ जना सामान्य घाईते
Accident_I0cmYnOZtf
पाल्पा- तानसेन आर्यभञ्ज्याङ्ग सडकखण्डको बगनासकाली गाउँपालिका–२ मा जिप दुर्घटना भएको छ । मंगलबार दिउँसो भएको दुर्घटनामा ८ जना घाईते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका अनुसार तानसेनदेखि रम्भा –२ फोक्सिङ्कोट रानीबासका लागि हिँडेको लु १ ज २१९१ नम्बरको जिप अनियन्त्रित भई सडकमा पल्टेको हो । सो जिप सोही दिशातर्फ जाँदै गरेको लु १ ज ४४८१ नम्बरको जिपले ओभरटेक गर्ने क्रममा छुँदा अनियन्त्रित भई सडकमा पल्टिएको पाल्पाका ट्राफिक प्रमुख पृथ्वीनारायण काफ्लेले बताउनुभयो । ‘दुर्घटनामा ८ जना सामान्य घाईते हुनुभएको छ । उहाँहरुको लुम्बिनी मेडिकल कलेजमा उपचार भएको छ । सबैको अवस्था सामान्य छ’– ट्राफिक प्रमुख काफ्लेले ईरानीमहलसंग भन्नुभयो ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०७७  १९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update