Erani Mahal
दशैँ पर्वसँगै धान स्याहार्न व्यस्त माडीका किसान
dhan-katdai
पाल्पा – हिन्दु नेपालीहरुको दशैँ पर्व अझैँ मनाइरहेका छन् । विभिन्न स्थानमा घटस्थापनादेखि पूर्णिमासम्म दशैँ पर्व मनाइन्छ । तर पाल्पाको माडीफाँटका किसानलाई भने यो वर्ष दशैँ पर्वसँगै धान काट्ने र भित्र्याउने चटारो छ । यो वर्ष धान पाक्ने र स्याहार्ने बेलामा दशैँ पर्व पनि परेकाले विजयादशमीको दिनबाहेक माडीका किसानले धान काट्ने र स्याहार्ने गरेका छन् । अन्नको भण्डार मानिने माडी क्षेत्रका पोखराथोक, कसेनी, मदनपोखरा, चिर्तुङ्धारा, रुप्से, चिदीपानी क्षेत्रका किसानलाई दशैँ नसकिएपनि धान भित्र्याउने हतारो छ । वर्षभरि खाने खेती पनि स्याहार्नै प¥यो, यहाँका किसान भन्छन्, दशैँ पनि मनाउँनै प¥यो । यो वर्ष कोरोना महामारीका कारण आफन्तजनको भेटघाट कम भएका कारण दशैँ पर्व उल्लासपूर्ण नभएकाले किसान खेती किसानीमै व्यस्त हुनुपरेको उनीहरूको भनाई छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०७७  १९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update