Erani Mahal
पाल्पामा थप एक जना काेराेना संक्रमितकाे मृत्यु
CORONA-DEATH-2
पाल्पा – कोरोनाका कारण पाल्पामा थप एक जनाको मृत्यु भएको छ । तानसेनस्थित मिसन अस्पतालमा उपचाररत तानसेन–१, का ५६ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । कोरोना सङ्क्रमित ती पुरुषको शनिबार बिहान उपचारको क्रममा अस्पतालमै मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो । योसँगै पाल्पामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ । यसअघि तानसेनका ६, बगनासकाली र पूर्वखोलाका १/१ जना कोरोना सङ्क्रमितको मृत्यु भएको थियो । यसैबीच शनिबार पाँच जना कोरोना सङ्क्रमित थपिएका छन् । तानसेनका ३ र रैनादेवी छहराका २ जना गरी ५ जना नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । पाल्पामा हालसम्म १०९० जना कोरोना सङ्क्रमित भएका छन् । यस्तै ८०३ जना निको भएर घर फर्किएका छन् ।
प्रकाशित मिति: शनिबार, कात्तिक ८, २०७७  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update