Erani Mahal
पाल्पामा कोरोनाको सूचना दिदा–दिदैं आफैंलाइ कोरोना लाग्यो !
corona-virus-covid-19
पाल्पा– जिल्लामा कोरोना सम्बन्धि पत्रकार, सरकारी निकाय, सुरक्षाकर्मी आदिलाई दैनिक सूचना अध्यावधिक गराउने व्यक्तिलाई नै कोरोना संक्रमण भएको छ । अरूलाइ काेराेना सम्बन्धि दैनिक सूचना दिने व्यक्ति नै काेराेनाकाे संक्रमित भएका हुन । कोरोना महामारीको समयमा अग्रमोर्चामा रहेर कार्यसम्पादन गर्दै आउनुभएका स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकास पन्थीलाई कोरोना संक्रमण पुष्टि भएको हो । पन्थीलाई पाल्पा अस्पतालको कोभिड परीक्षण ल्यावमा कोरोना परीक्षणको क्रममा विहिवार संक्रमण पुष्टि भएको बताउनुभयो । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ । पन्थी कोरोना महामारीको समयमा समेत गाउँ गाउँमा सचेतना मूलक कार्यक्रम, तालिम, अभिमुखीकरण लगायतका काममा खट्दा कोरोना लागेको हुन सक्ने बताउनुभयो । पन्थीले कार्यालयको आइसोलेशनमै रहेर कोरोना सम्बन्धि दैनिक सूचनाहरु दशैंको समयमा समेत अपडेट गर्ने बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०७७  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update