Erani Mahal
पाल्पा दरबारको दसैंघरमा दसैंको फुलपाती भित्राइयोे
fa
पाल्पा- पाल्पा दरबार परिसरमा रहेको दसैंघरमा परम्परा अनुसार बडा दसैंको फुलपाती भित्राइएकाे छ । कर्नेल उजीरसिंह थापाले स्थापना गरेको दसैंघरमा अहिलेपनि परम्परागत शैलीमा सरकारी तवरबाट कोटघरमा भगवतीको सलामीसहित घटस्थापनादेखि पुजाआजा गर्ने परम्परा छ । सैनिक, प्रहरी र मन्दिरका पुजारी दरबार परिसरमा रहेको दसैंघरबाट बाजागाजा सहित फुलपाती लिन नेपाली सेनाको गोरखदल गण नागपोखरी व्यारेक जाने परम्परा छ । प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, सेनाका गणपति, सशस्त्र, प्रहरी, अनुसन्धान प्रमुख लगायत सेनाका अधिकृत तथा जवान र प्रहरी, कर्मचारीको सहभागिता थियो । काठमाण्डौको टुंँडिखेलमा जस्तै बढाई गर्ने र सलामी दिने चलन थियो । भगवतीको सलामी दिएपछि बाजागाजा सहित रातो डोली सहित फुलपाती लिन नागपोखरी व्यारेकभित्र जाने परम्परा छ । दरवारवाट बाजा बजाउदै असनटोल, नारायणटोल हुदै टुँडिखेल सेनाको व्यारेकमा फुलपाती लिन जाने परम्परा छ । तानसेन, प्रभास र विभिन्न स्थानबाट संकलन गरि ल्याइएको नौ किसिमको फुलपाती पूजाआजा सहित बोकाको वली दिएपछि पुन बजार परिक्रमा गर्दै कोटघरमा भिœयाइयो । भित्राउँदा सेना, प्रहरीको टोलीबाट भगवतीको सलामी दिने गरिन्छ । दसैंघरमा घटस्थापनादेखि दैनिक पुजा गर्ने गरिन्छ । दैनिक पुजाको बेला सेनाले बढाई गर्ने चलन थियो । यस वर्ष भने कोरोना भाइरस संक्रमणका कारण बली दिइएको छैन ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०७७  १७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update