Erani Mahal
निस्दीमा पिकअप भ्यान दुर्घटना हुँदा तीन घाइते
Acc ident
पाल्पा- जिल्लाकाे निस्दीमा पिकअप भ्यान दुर्घटना भएकाे छ । निस्दी गाउँपालिका- ५ कठैडाँडामा पिकअप भ्यान दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । तस्विरः दिपक अर्यालको फेसबुकबाट रामपुर देखि निस्दी ५ बेलौजी सामान विक्री गरी धनुबास हुदै रामपुर फार्किदै गर्दा दुर्घटना भएको हो । लु १ च ९६२७ नम्बरको पिकअप भ्यान बाटोबाट करिब १ सय मिटर तल खसेको गाडीधनी किर्तीनाथ श्रेष्ठले बताउनुभयाे । दुर्घटनामा परी निस्दी ३ झिरुबासका चालक अन्दाजी बर्ष २७ का ठग बहादुर रुचाल, सोही ठाउँका सह-चालक बर्ष २६ का अनिल खरु र बर्ष २५ का मोतीराम सोती घाईते भएका छन् । घाईतेहरूकाे उपचारकाे लागि लुम्बिनी मेडिकल कलेज प्रभास लागिएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०७७  १७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update