Erani Mahal
पाल्पाकाे तानसेनमा सबैभन्दा बढी समुदाय स्तरमा काेराेना संक्रमण, हेर्नुहाेस कहाँ-कति ?
corona plp
पाल्पा– पाल्पामा विभिन्न स्थानमा समुदाय स्तरमा कोरोनाको संक्रमण बढ्दै गइरहेको छ । चाडपर्व नजिकदै गर्दा बढ्दो भीडभाडसँगै कोरोना संक्रमण समुदाय स्तरमा समेत तीव्र बन्दै गएको हो । पाल्पामा शुक्रवार सम्ममा ३ सय ७५ जना कोरोनाका संक्रमितहरु पाल्पाका समुदाय स्तरका रहेका छन् । पछिल्लो समयमा क्वारेन्टाइन र आइसोलेशन सेन्टर हटाएपछि पाल्पामा सबै संक्रमितहरु होम आइसोलेशन र अफिसको आइसोलेशनमा रहेका छन् । पाल्पामा सबैभन्दा धेरै तानसेनमा समुदाय स्तरका काेराेना संक्रमित रहेका छन् । त्यहाँ १ सय ३० जना कोरोनाका समुदाय स्तरका संक्रमितहरु छन् । याे संख्या अस्पतालमा उपचार गर्न अाएकाहरूकाे समेत हाे । त्यस्तै दोस्रोमा रामपुर नगरपालिकामा ६६ जना रहेको छन् । माथागढीमा १९ जना, पूर्वखोलामा २७, रैनादेवी छहरामा १८, रम्भामा २४, बगनासकालीमा ३४, तिनाउँमा २१, रिव्दीकोटमा २७, निस्दीमा ९ जना गरी कुल ३ सय ७५ जना समुदाय स्तरका संक्रमित रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकास पन्थीले जानकारी दिनुभयो । पाल्पामा अहिले सम्म ७ सय ९५ जनाले कोरोनालाई जितेर घर फिर्ता भएका छन् भने ८ जनाको कोरोनाको कारण निधन भएको छ, पन्थीले भन्नुभयो, पछिल्लो समयमा समुदाय स्तरमा फैलिएको कोरोना जोखिम रोक्न सबै सर्वसाधारणले स्वास्थ्य मापदण्ड पालना गर्ने र गराउने गरेमा केही हदसम्म कम हुने पन्थीको भनाई छ । २ सय ८२ जना कोरोनाका सक्रिय संक्रमित पाल्पामा शुक्रवार सम्ममा २ सय ८२ जना कोरोनाका सक्रिय संक्रमितहरु पाल्पाका गाउँ गाउँमा रहेका छन् । पछिल्लो समयमा क्वारेन्टाइन र आइसोलेशन सेन्टर हटाएपछि पाल्पामा सबै संक्रमितहरु होम आइसोलेशन र अफिसको आइसोलेशनमा रहेका छन् । पाल्पामा सबैभन्दा धेरै तानसेनमा सक्रिय संक्रमित रहेका छन् । त्यहाँ ८६ जना कोरोनाका सक्रिय संक्रमितहरु छन् । त्यस्तै दोस्रोमा रामपुर नगरपालिकामा ७९ जना रहेको छन् । माथागढीमा १५ जना, पूर्वखोलामा ३४, रैनादेवी छहरामा ६, रम्भामा ३, बगनासकालीमा २३, तिनाउँमा १३, रिव्दीकोटमा १०, निस्दीमा १३ जना गरी कुल २ सय ८२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकास पन्थीले जानकारी दिनुभयो । पाल्पामा अहिले सम्म १ हजार ८५ जनामा काेराेना पुष्टि भएकाे छ । जसमा ११ जना अन्य जिल्लाबाट अाएर पाल्पामा उपचार गरेका र ५९ जना समुदायका फ्रन्टलाइनमा कार्यरत स्वास्थ्यकर्मीहरू समेत छन् । जिल्ला सदरमुकाम तानसेन मुख्य बजार रहेकाेले यहाँ भीडभाड बढी रहेकाे र स्वास्थ्य सजगता नअपनाउँदा थप जाेखिम बढ्न सक्ने भएकाले थप सजग रहन विज्ञहरूले अनुराेध गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०७७  १७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update