Erani Mahal
पाल्पामा २ सय ८२ काेराेनाका सक्रिय संक्रमित कहाँ छन् हेर्नुहाेस
Corona virus
पाल्पा– पाल्पामा विभिन्न स्थानमा कोरोनाको संक्रमण बढ्दै गइरहेको छ । चाडपर्व नजिकदै गर्दा बढ्दो भीडभाडसँगै कोरोना संक्रमण समेत तीव्र बन्दै गएको हो । पाल्पामा शुक्रवार सम्ममा २ सय ८२ जना कोरोनाका सक्रिय संक्रमितहरु पाल्पाका गाउँ गाउँमा रहेका छन् । पछिल्लो समयमा क्वारेन्टाइन र आइसोलेशन सेन्टर हटाएपछि पाल्पामा सबै संक्रमितहरु होम आइसोलेशन र अफिसको आइसोलेशनमा रहेका छन् । पाल्पामा सबैभन्दा धेरै तानसेनमा सक्रिय संक्रमित रहेका छन् । त्यहाँ ८६ जना कोरोनाका सक्रिय संक्रमितहरु छन् । त्यस्तै दोस्रोमा रामपुर नगरपालिकामा ७९ जना रहेको छन् । माथागढीमा १५ जना, पूर्वखोलामा ३४, रैनादेवी छहरामा ६, रम्भामा ३, बगनासकालीमा २३, तिनाउँमा १३, रिव्दीकोटमा १०, निस्दीमा १३ जना गरी कुल २ सय ८२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकास पन्थीले जानकारी दिनुभयो । पाल्पामा अहिले सम्म ७ सय ९५ जनाले कोरोनालाई जितेर घर फिर्ता भएका छन् भने ८ जनाको कोरोनाको कारण निधन भएको छ, पन्थीले भन्नुभयो, पछिल्लो समयमा समुदाय स्तरमा फैलिएको कोरोना जोखिम रोक्न सबै सर्वसाधारणले स्वास्थ्य मापदण्ड पालना गर्ने र गराउने गरेमा केही हदसम्म कम हुने पन्थीको भनाई छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०७७  १६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update