Erani Mahal
पाल्पामा शुक्रबार थप ३५ जनामा कोरोना संक्रमण
Coronavirus_H
पाल्पा – पाल्पामा थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार जिल्लाको विभिन्न स्थानीय तहका २८ पुरुष र ७ महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय, पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । तानसेन नगरपालिकाका १२, पूर्वखोलाका गाउँपालिकाका १६, रामपुरका २ जना, बगनासकालीका २ जनासंगै माथागढी, तिनाउ र रिब्दीकोट गाउँपालिकाका १÷१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । पाल्पामा शुक्रबार १३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०७७  १५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update